स्याङजा–२ मा धनराज गुरुङको अग्रता कायमै, पछ्याउँदै एमालेकी पद्मा अर्याल

स्याङ्जा–२ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता कायमै राखेका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार गुरुङले मतगणनाको सुरुवाती चरणदेखि नै लिएका अग्रता कायमै राखेका हुन् ।

पछिल्लो मतपरिणाम अनुसार उनले १५ हजार ७२ मतका साथ लिड गरिरहेका छन् भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी पद्मा अर्यालले १२ हजार ९०९ मतका साथ पछ्याइरहेकी छन् । उनीहरुबीचको मतान्तर २१६३ छ ।

तेस्रोमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ५ हजार ९१९ मत ल्याएका छन् । त्यहाँ ७० हजार १९१ मत खसेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *