विराटनगर महानगरपालिकामा ३६ सहकारी संस्था सम्पर्कबिहिन बनेका छन् । महानगरको क्षेत्राधिकारभित्र रहेका ३६ सहकारी संस्था सम्पर्कमा नआएका हुन् ।
महानगरपालिकाले सम्पर्क बाहिर रहेका सहकारीलाई ३५ दिन भित्र सम्पर्कमा आउन आरह गर्दै सूचना जारी गरेको हो । ३५ दिन भित्र सम्पर्कमा नआए कानुन बमोजिम कारबाही गर्ने महानगरपालिकाले जनाएको छ ।
अभिलेखमा रहेका ३६ सहकारी संस्था सम्पर्कमा नआएको, अनुगमनमा पनि सहकारी संस्थाको उल्लेखित ठेगानामा नभएको, हालसम्म कुनै पनि विवरण नबुझाएको भन्दै ३५ दिने सूचना जारी गरेको हो ।
यसरी सम्पर्कबिहित हुने सहकारीहरुमा सक्रिय बचत तथा ऋण सहकारी, स्पर्श बचत तथा ऋण सहकारी, परिचय बचत तथा ऋण सहकारी, सगुन बचत तथा ऋण सहकारी, पुष्पाञ्जली बहुउद्देश्यीय सहकारी, विराट कोशेली घर सहकारी, एक्सचेन्ज बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, विराट उपभोक्ता सहकारी र हिमसागर बहुउद्देश्यीय सहकारी छन् ।
त्यसैगरी, सहयोगी सहकारी, भिजन फर्मा सहकारी, क्यापिटल बचत तथा ऋण सहकारी, खाटूश्याम बचत तथा ऋण सहकार, सत्यम ओम् साई बचत तथा ऋण सहकारी, सबल बचत तथा ऋण सहकारी, युरो बहुउद्देश्यीय सहकारी, हाम्रो उपभोक्ता सहकारी, एभरेष्ट मल्टिपल को-अपरेटिभ सहकारी र ज्ञानपुञ्ज बचत तथा ऋण सहकारी संस्था पनि सम्पर्क बाहिर छन् ।
निलकमल बचत तथा ऋण सहकारी, यातायात बचत तथा ऋण सहकारी, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी, गजलक्ष्मी बचत तथा ऋण सहकारी, गरिमा बचत तथा ऋण सहकारी, बखरी बहुउद्देश्यीय सहकारी, ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी, नक्षत्र बचत तथा ऋण सहकारी, जुनतारा बचत तथा ऋण सहकारी, प्रभावकारी बचत तथा ऋण सहकारी, रिद्धिसिद्धि बचत तथा ऋण सहकारी, इच्छा बचत तथा ऋण सहकारी, नेसनल बचत तथा ऋण सहकारी, बाटिका बचत तथा ऋण सहकारी, र उपकार बचत तथा ऋण सहकारी संस्थालाई पनि ३५ दिनभित्र सम्पर्कमा आउन महानगरले आग्रह गरेको छ ।
विराटनगर महानगरपालिकाको क्षेत्राधिकारभित्र १९३ वटा सहकारी संस्था छन् ।








