मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा गर्ने तयारी

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा गर्ने तयारी गरेको छ ।  केन्द्रीय बैंक आर्थिक अनुसन्धान विभागले सम्पूर्ण तयारी सकेर राष्ट्र बैंक सञ्चालक समितिमा आज पेश हुँदै छ ।

आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको समिक्षाका लागि आवश्यक पर्ने सबै विषयहरु तयार गरी आज बस्ने राष्ट्र बैंकको छलफलमा हुने र आज छलफल सकिएमा आजै सार्वजनिक हुन सक्ने समेत राष्ट्र बैंकले जनाएको छ ।

अन्तर विभागीय छलफल सम्पन्न उच्च व्यवस्थापनले समेत मौद्रिक नीतिक समीक्षाको मस्यौदामा छलफल सम्पन्न गरेको हुँदा आजको सञ्चालक समितिले पास गरेमा आज नभए सोमबार सार्वजनिक हुन सक्ने राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *