सिटिजन्स बैंकको जुम्ला शाखा आफ्नै भवनमा स्थानान्तरण

नेपाली जनताको घरदैलोमा अनवरत रुपले बैंकिङ सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जुम्लामा आफ्नै भवनबाट बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।

आज मंसिर ११ गते उक्त भवनमा पूजापाठ गरी बैंकिङ कारोबार सञ्चालन गरिएको छ। हाल कर्णाली प्रदेशको जुम्ला जिल्ला चन्दननाथ नपा वडा नं. ५ मा सञ्चालनमा रहेको बैंकको जुम्ला शाखा कार्यालय स्थानान्तरण भई आन्दाजी १०० मिटर दूरीमा रहेको सोही वडास्थित आफ्नै भवनमा स्थानान्तरण भएको हो।

कर्णाली प्रदेशका विभिन्न जिल्लामा बैंकले ९ वटा शाखा कार्यालयमार्फत वित्तीय सेवाहरु प्रदान गर्दैै आइरहेको छ।

यो शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरेट व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ। सुविधाजनक बचत खाता योजना, मुद्दति निक्षेप योजना, एटीएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जालगायतका वित्तीय सेवा छिटो, छरितो, चुस्त र दुरुस्त रुपमा ग्राहकलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ।

सिटिजन्स बैंकडले देशैभरि फैलिएका आफ्ना १८० वटा शाखा, १३३ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट करिब १५ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *