बीमा अभिकर्ताको परीक्षा कम्पनीले नै लिन पाउने

नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको परीक्षा लिने जिम्मेवारी कम्पनीहरुलाई नै दिएको छ। प्राधिकरणले कार्तिक २२ गते अगाडी नै बीमा अभिकर्ताको तालिम प्राप्त गरिसकेको तर इजाजत प्राप्त नगरेको हकमा पनि परीक्षा लिएर उत्तीर्ण हुनुपर्ने सर्त सहित यो व्यवस्था गरेको हो ।

प्राधिकरणले बीमा ऐन, २०७९ मा व्यवस्था भएअनुसार नै यो निर्णय गरेको हो। ऐनको दफा ९२ को उपदफा २ मा “बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नु अघि तोकिए वमोजिमको परीक्षा उतिर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था छ।

अहिलेलाई परिक्षाको जिम्मेवारी कम्पनीलाई दिएपनि पछि भने प्राधिकरणले आफै लिने आन्तरिक तयारी गरेको छ। अहिले भने प्राधिकरणले केही सर्तहरु दिई सोही अनुसार परिक्षा लिन बाटो खुला गरेको हो।

यस्ता छन् परीक्षाका सर्तहरु, 

क. परीक्षा सम्बन्धी व्यवस्था प्रचलित कानुनको अधिनमा रही विशेषज्ञ सहितको परीक्षा उपसमिति गठन गरी परीक्षा प्रश्नपत्र निर्माण, परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन तथा परीक्षाको गोपनियता, निष्पक्षता र पारदर्शिता समेत कायम गर्नु पर्नेछ ।

ख. परीक्षाको अङ्कभार १०० तथा उतिर्णाङ्क ५० हुनेछ ।

ग. प्रश्नहरु वस्तुगत हुनुपर्ने छ र प्रत्येक प्रश्नको अंकभार २ कायम गर्नु पर्नेछ ।

घ. परीक्षा उतिर्ण गरेको प्राप्तङ्क सहितको प्रमाणपत्र जारी गर्नु पर्नेछ ।

ङ. परीक्षा सम्बन्धी काम कारवाहीको सम्बन्धमा प्राधिकरणले जुनसुकै समयमा अनुगमन गर्न सक्नेछ।

च.परीक्षा सम्बन्धी सम्पूर्ण कागजातहरु सुरक्षित राख्नु पर्नेछ ।

समितिले पाठ्यक्रम भने तय गरिदिने जनाएको छ। यस अगाडी १६ वर्ष पुरा भएको, एसलएलसी वा सो सरह परीक्षा उत्र्तीण भई मानसिक स्थिति ठिक भएको, दामासाहीमा नपरेको, अदालतबाट कसूरदार ठहर गरी नोक्सानी हुने काम गरेको नगरेको व्यक्ति कम्पनीको सिफारिसमा शुल्क तिरी अभिकर्ता बन्न सक्ने व्यवस्था थियो। अब भने परीक्षा उर्तिण गर्नु पर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *