हुम्ला सर्केगाडको मतपेटिका बल्ल सदरमुकाम ल्याइयो

हिमाली जिल्ला हुम्लामा निर्वाचन सकिएको चार दिनपछि मतपेटिका बल्ल सदरमुकाम ल्याइएको छ ।

सर्केगाड गाउँपालिकाको केन्द्रमा थन्किएको १३४ मतपेटिका आज नेपाली सेनाको हेलिकप्टरबाट सदमुकाम सिमकोट ल्याइएको हो ।

प्रदेश १ का ३४ वटा मतदान केन्द्रको मतपेटिका हेलिकप्टरबाट सदमरमुकाम सिमकोट ल्याइपुर्‍याएको जिल्ला निर्वाचन कार्यालय हुम्लाका निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले जानकारी दिए ।

सबै केन्द्रका मतपेटिका संकलन भइसकेकोले आजै दिउँसो सर्वदलीय बैठक बस्ने तयारी गरिएको रानाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *