सुर्खेत- २ को प्रदेशसभा १ तर्फको मतगणना सुरु

सुर्खेत क्षेत्र नं २ प्रदेशसभा १ प्रदेशसभाको मतगणना सुरु भएको छ । प्रदेश निर्वाचन कार्यालयका अनुसार मतगणना बीरेन्द्रनगरको सिटी हलमा सुरु भएको छ ।

प्रदेशसभा १ मा ४४ हजार पाँच सय र प्रदेशसभा २ मा ३१ हजार ६ सय ८३ मत खसेको थियो । सुर्खेत निर्वाचन क्षेत्र नं २ प्रदेशसभा १ मा नेकपा एमालेका यामलाल कँडेल, नेपाली कांग्रेसका कालीप्रसाद शाक्यबीच प्रतिस्पर्धा हुनेछ ।

साथै प्रदेशसभा २ को मतगणना पनि आजै सुरु गर्ने प्रदेश निर्वाचन कार्यालयका प्रमुख दुर्गाप्रसाद चालिसेले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *