

बैतडीमा प्रतिनिधिसभा सदस्यमा नेकपा ९एमाले०का दामोदर भण्डारीको अग्रता कायमै रहेको छ । सात हजार पाँच सय ५० मत गणना हुँदा भण्डारीले तीन हजार पाँच सय ९६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताए । उहाँलाई गठबन्धनका साझा उम्मेदवार नेकपा ९माओवादी केन्द्र०का नरेन्द्र कुँवर ९विजयसुन्दर०ले तीन हजार २९ मतका साथ पछ्याइरहेका छन् । बैतडीमा प्रतिनिधिसभामा एकमात्रै क्षेत्र हो ।
यस्तै प्रदेशसभा ९१० मा सात हजार तीन सय मतगणना हुँदा एमालेका सुरेन्द्र पालले २३३६ मत प्राप्त भएको छ । उनको पछिपछि रहँदै स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले दुई हजार एक सय ६३ मत गरेका छन् । यसैगरी तेस्रो स्थानमा रहनुभएका नेपाली कांग्रेसका वीरबहादुर बिष्टले १३३६ मत प्राप्त गरेको छन् ।
यस्तै प्रदेशसभा ९२० मा भने कांग्रेस अगाडि छ । आठ हजार छ सय ९५ मतगणना हुँदा नेपाली कांग्रेसका शिवराज भट्टले तीन हजार नौ सय ६० मत ल्याउँदा नेकपा एमालेका लीलाधर भट्टले तीन हजार आठ सय ७० मत प्राप्त गरेका छन् ।
अर्थ सन्जाल