खोटाङमा ४० र भोजपुरमा २७ प्रतिशत मत खस्यो

 भोजपुरमा करिब २७ र खोटाङमा ४० प्रतिशत मात्र मत खसेको छ । भोजपुरमा एक लाख २९ हजार ३ सय ७९ मतदातामध्ये २६ दशमलव ८७ प्रतिशत र खोटाङमा एक लाख ४२ हजार सात सय ९२ मतदातामध्ये करिब ४० प्रतिशतले दिउँसो साढे एक बजेसम्म मतदान गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

भोजपुरमा एक सय ५५ स्थायी र दुई अस्थायी मतदान केन्द्र तथा खोटाङमा एक सय ९४ स्थायी मतदान केन्द्र र दुई अस्थायी मतदान केन्द्रमा उक्त मत खसेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *