अर्थ सन्जाल
१६ चैत्र २०७९, बिहीबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१६ चैत्र २०७९, बिहीबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

भैरहवामा लुम्बिनी राष्ट्रिय महोत्सव मङ्सिर २३ देखि

  • अर्थ सन्जाल
  • २ मंसिर २०७९, शुक्रबार २०:४९


‘पर्यटन, कृषि र उद्योगको बृहत्तर विकास, राष्ट्रिय समृद्धिको आधार’ भन्ने नाराका साथ भैरहवामा आठौँ लुम्बिनी राष्ट्रिय महोत्सव हुने भएको छ । सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घको आयोजनामा यही मङ्सिर २३ गतेदेखि पुस ४ गतेसम्म मेला हुने आयोजकले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।

सङ्घका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले स्वदेशी, गुणस्तरीय वस्तु तथा सेवाहरूको उपभोगप्रति उपभोक्ताहरूलाई जागरुक बनाई सीमावर्ती बजारमा पाइने सामानहरू बीचको तुलनात्मक मूल्यका बारेमा उपभोक्ताहरूलाई जानकारी दिन मेलाको आयोजना गरिएको बताए । यसका साथै वर्तमान आर्थिक तरलताको अवस्थामा आर्थिक गतिविधि बढाउने पनि मेलाको उद्देश्य रहेको न्यौपानेको भनाइ छ ।

विभिन्न उद्योग तथा व्यापारिक प्रतिष्ठान, स्थानीय घरेलु तथा साना उद्योग, महिला उद्यमी व्यवसायीहरूले भाग लिने लुम्बिनी महोत्सव, २०७९ मा दुई सय ५० स्टल रहने छन् । मेलामा आउने दर्शकलाई लुम्बिनीसँग सम्बन्धित तिलौराकोट, देवदह, रामग्राममा अवस्थित पुरातात्विक पर्यटकीय क्षेत्रहरूमा विशेष प्याकेज बनाई भ्रमणको व्यवस्था गराइने न्यौपानेले बताए ।

‘महोत्सवबाट आन्तरिक एवं बाह्य पर्यटकको आगमनमा वृद्घि हुने तथा भारतीय सीमावर्ती सहरबाट पनि सहभागिता हुने अपेक्षा रहेको छ’, मेला आयोजक मूल समितिका संयोजकसमेत रहेका न्यौपानेले भने, ‘यसले पर्यटन प्रवद्र्धन एवं आर्थिक गतिविधिहरू चलायमान हुने विश्वास लिइएको छ ।’

सङ्घका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठले उपभोक्ता र उत्पादक एवं किसानहरूको प्रत्यक्ष भेटघाट हुने महोत्सवबाट यस भेगमा उत्पादित कृषिजन्य वस्तुहरू माछा तथा यस क्षेत्रका कुटिर, घरेलु एवं राष्ट्रियस्तरका उद्योगहरूबाट उत्पादित उत्पादनहरूको विशेष प्रस्तुतीकरण गरिने जानकारी दिए।

करिब दुई लाख ५० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको १० दिने मेलामा करिब रु १० करोड बराबरको कारोबार हुने अनुमान गरिएको श्रेष्ठले बताए । यसले महोत्सबाट थप अर्थिक गतिविधि चलायमान हुने उनको भनाइ छ ।

विसं २०६१ देखि दुई वर्षको अन्तरालमा उद्योग वाणिज्य सङ्घको आयोजनामा भैरहवामा लुम्बिनी पर्यटन महोत्सव हुँदै आएको छ । भूकम्प, मधेस आन्दोलन तथा गत वर्ष कोभिडका कारण निरन्तरता दिन नसकिए पनि अबका दिनमा यसलाई निरन्तरता दिने सङ्घका अध्यक्ष न्यौपानेले बताए ।

भैरहवाको अञ्चलपुरमा सञ्चालन गरिने मेलाको प्रवेश शुल्क रु ५० तोकिएको छ । विद्यार्थीसँग रु ३० मात्र शुल्क लिने आयोजकले जनाएको छ । रासस

Artha Sanjal
मिती : २ मंसिर २०७९, शुक्रबार २०:४९ बजे प्रकाशित

अर्थ सन्जाल

सम्बन्धित खवर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

स्मार्ट टेलिकमको लाइसेन्स विवादमा नयाँ ‘ट्वीस्ट’

सरकारी कर्मचारीलाई अन्यत्र काम गर्ने लाइसेन्स किन ?

आन्दोलित हुँदै सहकारीका सञ्चालक

ताजा समाचार

  1. कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
  2. स्मार्ट टेलिकमको लाइसेन्स विवादमा नयाँ ‘ट्वीस्ट’
  3. सरकारी कर्मचारीलाई अन्यत्र काम गर्ने लाइसेन्स किन ?
  4. आन्दोलित हुँदै सहकारीका सञ्चालक
  5. फुकोट कर्णालीको ५१ प्रतिशत सेयर भारतीय कम्पनीलाई
  6. नेपाल सरकार र मिटरब्याज पीडितबीच आज वार्ता हुदै
  7. आज राष्ट्रिय सभा बैठक बस्दै,यस्तो छ सम्भावित कार्यसूची

विजनेश फोकस

आन्दोलित हुँदै सहकारीका सञ्चालक

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन...

बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड तथा म...

गुराँस लाइफ इन्स्योरेन्सले डाक्यो वार्षिक साधार...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2021 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.