

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ५ अर्ब रुपैयाँ बराबरको उर्जा ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ५ अर्ब रुपैयाँको ५० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति पाएको हो ।
यसमध्ये २० लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ३० लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।
यस ऋणपत्रमा वार्षिक ७ प्रतिशत ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको ‘निफ्रा उर्जा ऋणपत्र २०८५–८६’ जारी गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ ।
Artha Sanjal
अर्थ सन्जाल