मंसिर सुरु भएसगैं सुनको मूल्य घट्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । यो घटेसँगै सुनको मूल्य तोलाको ९८ हजार रुपैयाँमा कायम भएको छ।
बुधबार सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ४ सय रुपैयाँ थियो।
चाँदीको मूल्य (बिहीबार) तोलामा १० रुपैयाँले घटेर १२ सय ८५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो।
Artha Sanjal






