सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको असोज मसान्तसम्म आइपुग्दा कम्पनीले अधिकांश सूचकमा प्रगति गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा सिटिजन लाइफको नाफा १२.९९ प्रतिशतले बढेर ७ करोड ३ लाख ६१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ६ करोड २२ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद बीमा शुल्क आर्जन पनि १२.८० प्रतिशतले बढेर १ अर्ब ३७ करोड ४६ लाख २६ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब २१ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो ।
जीवन बीमाको आकार ५६.२४ प्रतिशतले बढेर ६ अर्ब ६३ करोड ३३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको बिमा कोषमा ४ अर्ब २४ करोड ५५ लाख ४८ हजार रुपैयाँ थियो ।
चुक्ता पुँजी १ अर्ब ७५ करोड र जगेडा कोषमा ९३ करोड ४९ लाख ७४ हजार रुपैयाँ छ । समिक्षा अवधिमा कम्पनीको खुद बीमा दाबी भुक्तानी रकम ६७ प्रतिशतले बढेको छ।
त्यस्तै, लगानी कर्जा, कमीशन आयबाट कम्पनीले ४७ प्रतिशतले बढ्दा २४ करोड ६१ करोड रुपैयाँ संकलन गर्न सफल भएको छ। कम्पनीको व्यवस्थापन खर्चमा भने ह्रास आएको छ ।
कम्पनीको जारी बीमालेख सङख्या १२ प्रतिशतले बढेको छ । कम्पनीले यस त्रैमाससम्ममा २ लाख ४० हजार बीमा पोलिसी ब्रिक्रि गरेकोछ । गत आर्थिक बर्षको सोहि अवधिमा २ लाख १४ लाख पोलिसी जारी गरेको थियो ।







