प्रभु क्यापिटल तथा क्रिस्टल डाइग्नोस्टिकबीच सेवासुविधामा छुट सम्झौता

प्रभु क्यापिटल तथा क्रिस्टल डाइग्नोस्टिकबीच प्रभु क्यापिटलका हितग्राहीका लागि विशेष छुट सम्झौता भएको छ।

आज मंगलबार दुवै पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौताअनुसार उक्त सम्झौतापश्चात क्यापिटलका सबै हितग्राहीहरुले ल्याबको सम्पूर्ण सेवासुविधामा २०% छुट पाउनेछन् भने आउटसोर्सिङ गरेको टेस्टमा ल्याबबाट १०% छुट पाउनेछन्।

यो अफरबाट लाभ लिन हितग्राहीले आफ्नो प्रभु क्यापिटलको एपीपी डाउनलोड गरी डिम्याट खाता लिंक गरेको देखाउनुपर्नेछ।

समझौतामा क्यापिटलले गर्ने सामाजिक उत्तरदायित्वका कार्यहरुमा जस्तै स्वास्थ्य शिविर, रक्तदान शिविर आदि गतिविधिमा समेत ल्याबले सहयोग गर्ने क्यापिटलले जनाएको छ।

काठमाण्डौको सिनामंगलमा अवस्थित क्रिस्टल डाइग्नोस्टिक नेसनल प्बलिक हेल्थ ल्याबोरेटरीबाट मान्यता प्राप्त आधुनिक प्रविधि र विभिन्न सेवासहितको एक अत्याधुनिक प्याथलोजिकल ल्याब हो।

नेपाली पुँजीबजारमा भिडियो केवाईसीमार्फत डिम्याट खाता खोल्ने सुविधा ल्याएको पहिलो तथा एकमात्र मर्चेन्ट बैंकर प्रभु क्यापिटलले समयानुसारकोे प्रविधि अपनाउँदै आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *