सानिमा बैंकले ग्राहकलाई छुट दिन दराजसंग गर्यो सहकार्य

सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज ११.११’ मा विशेष छुट दिने सहकार्य भएको छ । योजना अवधिभर ग्राहकहरुले दराजबाट सामान खरिद गर्दा सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम दुई हजार पाँच सय रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम तीन हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यो योजनामा सिमित छुट मात्र उपलब्ध हुने भएकोले छुट प्रदान गर्दा पहिलोलाई प्राथमिकता दिइने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले शून्य ब्याजदरमा मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्नेछन् । यो योजना २०७९ कार्तिक २५ देखि मंसिर १ गतेसम्म ७ दिनका लागि लागू हुनेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *