आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडले आर्थिक बर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीले प्रथम त्रैमासमा ३.५० लाख खुद नाफा आर्जन गरेको छ। खुद नाफा अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा ४७.८०प्रतिशतले कमी हो ।
खुद नाफा घटेसँगै प्रति शेयर आम्दानी पनि रु १९.१३ बाट घटेर रु ६.७६ कायम हुन आएको छ। व्याज आम्दानीमा २३.०९ प्रतिशतको वृद्धि आएपनि खुद व्याज आम्दानीमा ०.६५ प्रतिशतको गिरावट तथा संचालन नाफा पनि ४७.२७ प्रतिशतले घटेकोले खुद नाफामा गिरावट आएको हो ।
रु. २.०७ करोड चुक्ता पूंजी रहेको लघुवित्तको जगेडा तथा कोष ७८.४९५ ले वृद्धि भएर १.२७ करोड पुगेको छ । हाल जगेडा तथा कोष र चुक्ता पूंजीको अनुपात ६१.६७५ रहेको छ । यस्तै, लघुवित्तको कुल शेयरधनीकोष पनि वृद्धि भएर रु. ३.३४ करोड कायम भएको छ । जसले गर्दा प्रति शेयर किताबी मुल्य १६१.०९ बाट बढेर १६१.६७ कायम हुन आएको छ ।







