आजबाट नयाँ बीमा ऐन-२०७९ लागू, बीमा समिति पनि प्राधिकरणमा रुपान्तरण

आज कात्तिक २२ गतेबाट नयाँ बीमा ऐन, २०७९ लागू भएको छ । गत असोज २३ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणिकरण भएको बिमा ऐन २०७९ अनुसार आज अर्थात कार्तिक २२ गतेबाट हालको बीमा समिति स्वतः नेपाल बिमा प्राधिकरणमा रुपान्तरण भएको हो ।
योसँगै बीमा समिति पनि ‘नेपाल बीमा प्राधिकरण’मा रुपान्तरण भएको छ। यसअघिकै लोगोमा कायम गरी नाममात्रै परिवर्तन गरिएको छ।

झन्डै एक दशकको प्रयासमा नयाँ बीमा ऐन ल्याउन बीमा समिति सफल भएको हो। समितिले २०७० सालदेखि नयाँ बीमा ऐनको मस्यौदा लेखनको काम सुरु गरेको थियो। मस्यौदा तयार भए पनि संसदमै ४ वर्षजति थन्किएको थियो।

नयाँ ऐनले बीमा समितिको संरचनालाई बीमा प्राधिकरणको संरचना हुने भनिदिएकोले यो संरचनाले आफ्नो कार्यावधिभर काम गर्न पाउनेछ। त्यसपछि ऐनमा भएको व्यवस्थाअनुसारको संरचना तयार हुनुपर्नेछ।

यो व्यवस्थाले बीमा समितिको हालका अध्यक्ष नै कार्यकाल पूरा नहुँदासम्म प्राधिकरणको अध्यक्ष बन्नेछन्। योसँगै बीमा समितिको सञ्चालक समितिको कार्यकाल पूरा नहुन्जेलसम्म प्राधिकरणमा निरन्तता पाउनेछ।

बीमा ऐनले एक व्यक्ति वा उसको एकाघर परिवारका एक कम्पनीमा चुक्ता पुँजीको १५ प्रतिशतभन्दा बढी लगानी गर्न नसक्ने व्यवस्था गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *