नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो। आज छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन ९३ हजार ५०० रुपैयाँमा झरेको छ ।
हिजो सोमबार पनि सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको थियो। यो दिन छापावाला सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार २६५ रुपैयाँ कायम भएको छ । हिजो तोलामा १० रुपैयाँले घटेर चाँदी १ हजार २६५ रुपैयाँमै कारोबार भएको थियो।
Artha Sanjal






