एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
असोज मसान्तसम्म आइपुग्दा संस्थाको खुदा नाफा ६८.१८ प्रतिशतले घटेर ६ करोड ५७ लाख रुपैयाँमा खुम्चिएको छ । अघिल्लो वर्ष यही अवधिमा संस्थाले २० करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
समीक्षा अवधिमा संस्थाको सञ्चालन मुनाफा पनि ६८.१७ प्रतिशतले घटेर ९ करोड ३९ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष यही अवधिमा संस्थाले २९ करोड ५२ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो ।
असोज मसान्तसम्म संस्थाको खुद ब्याज आम्दानी पनि ३१.०९ प्रतिशतले घटेर २९ करोड २ लाख रुपैयाँमा झरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी ४२ करोड ११ लाख रुपैयाँ भएको थियो।
चुक्तापुँजी १ अर्ब ७३ करोड रुपैयाँ संस्थाको जगेडा कोषमा ६४ करोड ५६ लाख रुपैयाँ सञ्चित छ।
समीक्षा अवधिमा संस्थाले १५ अर्ब ८७ करोड रुपैयाँ सापटी लिई २१ अर्ब ५५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। पहिलो त्रैमासमा संस्थाको एनपीएल बढेर ३.८१ प्रतिशत पुगेको छ।
संस्थाको ईपीएस ६७.८ ३ प्रतिशतले घटेर १४.८५ रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष ईपीएस ४६.१६ रुपैयाँ थियो। पीई रेसियो ४६.३६ गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १५८.७९ रुपैयाँ रहेको छ।







