१८ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले १८ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन र १८२ दिनके लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले २८ दिनको लागि ५ करोडको ट्रेजरी जारी गर्न लागेको हो । उक्त ट्रेजरी मंसिर २० गते परिपक्व हुनेछ ।

९१ दिनको लागि ७ अर्ब १० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी माघ २४ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०७० बैशाख २६ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । स

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *