काठमाडौं । अरुण काबेली पावरको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ३ सय ६२ रुपैयाँ ७३ पैसा निर्धारण गरेको छ । नेप्सेले कम्पनीको बिहीबारको अन्तिम कारोबार मूल्य ३९९ रुपैयाँलाई आधार मानेर यसको मूल्य समायोजन गरिएको हो ।
आइतबार यही मूल्यलाई आधार मानेर यसको पहिलो कारोबार खुल्नेछ । कम्पनीले कात्तिक ३० गते बस्ने वार्षिक साधारणसभाको लागि आज शुक्रबार (कात्तिक १८ गते) बुक क्लोज गरेको छ ।
कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ)गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्ने भएको छ ।







