नेसनल लाइफ इन्स्योरेन्सद्वारा वार्षिक साधारणसभा आह्वान

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३४ औँ वार्षिक साधारणसभा डोकेको छ ।

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ ।

सभाले आर्थिक वर्ष २०७७÷७८ का लागि लाभांश प्रस्तावित लाभांश अनुमोदन गर्नेछ। कमपनीले हाल कायम चुक्तापुँजी ४ अर्ब ३ करोड ५१ लाख ५८ हजार १५२ रुपैयाँको कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने ६० करोड ५२ लाख ७३ हजार ७२३ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९ प्रतिशतले हुन आउने ३ करोड १८ लाख ५६ हजार ५१२ रुपैयाँबराबरको नगद लाभांश छन्।

सभाले कम्पनीको प्रबन्धपत्र र नियमावलीको संशोधनमा नियमनकारी फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सोअनुरुप आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।

सभाले सञ्चालक समितिबाट मनोनित स्वतन्त्र सञ्चालकको नियुक्ति पारित गर्नेछ।

उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु पनि सभाबाट अनुमोदन हुनेछन्।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले आउँदो मंसिर ८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर ७ गतेसम्म कायम सेयर धनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *