बरुण हाइड्रोपावरको अवितरित हकप्रद आजबाट बिक्री खुला

बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले अवितरित साढे ३ लाख कित्ता बढी हकप्रद सेयर आज (कात्तिक १४ गते)बाट लिलामीमार्फत बिक्री खुला गरेको छ।

कम्पनीले सर्वसाधारणतर्फबाट अवितरित ३ लाख ५५ हजार ६० कित्ता हकप्रद सेयर बिक्रीमा राखेको हो । लिलामीमा राखिएको सेयरको
न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ । त्यसैले, लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । बोलपत्र कात्तिक २१ गतेसम्म पेस गरिसक्नुपर्नेछ।

लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्।

बोलपत्रकाठमाडौंको टेकुस्थित आरबीबी मर्चेन्ट बैंकिङ, राष्ट्रिय वाणिज्य बैंकका शाखाहरु वीरगन्ज, जनकपुर, नारायाण्गढ, बागलुङ बजार, बुटवल, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी, बिर्तामोड, हेटौँडा, तुलसीपुर, महेन्द्रनगर, विराटनगर र पोखरा क्षेत्रीय कार्यालयबाट पेस गर्न सकिने धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्टले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *