बरुण हाइड्रोपावरले अवितरित हकप्रद सेयर लिलामीमा बिक्री गर्ने

काठमाडौं । बरुण हाइड्रोपावरले कार्तिक १४ गतेदेखि मा अवितरित हकप्रद सेयर लिलामीमा बिक्री गर्ने भएको छ। कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्वसाधारण समूहतर्फको ३ लाख ५५ हजार ६० कित्ता सेयर लिलाम गर्न लागेको हो ।

उक्त लिलामीको सेयरमा कार्तिक २१ गतेसम्म आवेदन दिन सकिने छ । उक्त सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम पुरै कित्ताका लागि दिन सकिने छ ।

उक्त सेयरको मूल्य न्युनतम एक सय रुपैयाँ कायम गरिएको छ । त्यसैले सो वा सोभन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्ने छ।

सेयर लिलाम प्रकियाको लागि आरविवि मर्चेन्ट बैंकिंङ बिक्रि प्रबन्धक रहेको छ । लिलामीको सेयरमा आरविवि मर्चेन्ट बैंकिंङको कार्यालय टेकु र राष्ट्रिय वाणिज्य बैंकका शाखाहरु विरगञ्ज-पर्सा, जनकपुर-धनुषा, नारायणगढ-चितवन, बाग्लुङ्ग बजार-बाग्लुङ्ग, बुटवल-रुपन्देही, नेपालगञ्ज-बाँके, वीरेन्द्रनगर-सुर्खेत, धनगढी-कैलाली, विर्तामोड-झापा, हेटौडा-मकवानपुर, तुल्सीपुर-दाङ्ग, महेन्द्रनगर-कञ्चनपुर, विराटनगर-मोरङ र क्षेत्रीय कार्यालय-पोखराबाट आवेदन दिन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *