तिहारअघिको अन्तिम कारोबारमा दोहोरो अंकले बढ्यो सेयर बजार

काठमाडौं । तिहार बिदाअघिको अन्तिम कारोबार दिन आइतबारमा सेयर बजार दोहोरो अंकले बढेको छ। आइतबार सेयर बजार १४.३५ अंकले बढेको हो। योसँगै नेप्से परिसूचक १८५८.४९ को विन्दुमा पुगेको छ।

सेन्सेटिभ परिसूचक पनि २.८८ अंकले बढेर ३६५.९३ को बिन्दुमा उक्लिएको छ।

कारोबार अवधिभर २२१ कम्पनीका १५ लाख ३८ हजार ४२ कित्ता सेयर किनबेच हुँदा ५१ करोड ६८ लाख ३ हजार ४८४ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ।

यो दिन नेप्से उपसमूहमा रहेका १३ वटा समूहमध्ये ११ वटामा सेयर मूल्य बढेको छ भने २ वटा उपसमूहको सेयरमूल्य घटेको छ ।

आज एभरेस्ट बैंकको सर्वाधिक ५ करोड १६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

यो दिन रुरु जलविद्युत र सयपत्री हाइड्रोपावरको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ। यी दुवै कम्पनीको सेयरभाउमा १० प्रतिशतले बढेको हो ।

आज अभियान लघुवित्तका सेयरभाउ सबैभन्दा बढी ८ प्रतिशतले घटेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *