नेपालकै प्रतिष्ठित रेस्टुरेन्ट ‘द हिमालयन ग्रिल बाई बाजेको’ र गरिमा विकास बैंकबीच रेस्टुरेन्टले उपलब्ध गराउने विभिन्न सेवासुविधामा आकर्षक छुटका लागि सम्झौता भएको छ।
सम्झौतापत्रअनुसार बैंकका डेविट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी बिल भुक्तानी गर्ने ग्राहकले काठमाण्डौको सामाखुसीस्थित ‘द हिमालयन ग्रिल बाई बाजेको’ बाट फुड एन्ड बेभरेजमा आकर्षक १५% छुट पाउनेछन् ।
सम्झौतापत्रमा बैंकको बजारीकरण विभागका प्रमुख रमेश रिजाल र रेस्टुरेन्टका अध्यक्ष मौसम कुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
हाल गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, एउटा एक्स्टेन्सन काउन्टर तथा ५१ एटीएमबाट सरल, सुलभ एवं गुणस्तरीय बैंकिङ सेवा दिँदै आइरहेको छ।
Artha Sanjal






