माधव नेपालमाथि कारबाही प्रक्रिया अघि बढाउन प्रहरीलाई निर्वाचन आयोगको निर्देशन

चुनावलाई प्रभाव पार्ने कसूर गरेको भन्दै निर्वाचन आयोगले रौटहट – १ का उम्मेदवार माधव कुमार नेपालमाथि कारबाही प्रक्रिया थाल्न प्रहरीलाई निर्देशन दिएको छ । पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रचारका क्रममा निर्वाचन प्रभाव पार्ने कसूर गरेको आयोगको ठहर छ ।

आयोगले निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ३९ अनुसार कारवाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएको हो । उक्त दफामा निर्वाचन कसुर गरेको आरोप लागेका व्यक्तिलाई कारबाही गर्न पक्राउसमेत गर्न सक्ने विषय उल्लेख छ ।

नेपाललाई स्पष्टीकरण सोधेकै दिन प्रहरीलाई समेत पत्र काटेर कारबाही प्रक्रिया थाल्न भनेको हो । आयोगले नेपाललाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन भनेको भएपनि २४ घण्टा नबित्दै एकैदिन प्रहरीलाई समेत पत्र काटेर कारबाही प्रक्रिया थाल्न भनेको हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *