निक्षेप तथा कर्जा सुरक्षण कोष र मेगा बैंकबीच कृषि कर्जा सुरक्षण गर्ने सम्झौता

निक्षेप तथा कर्जा सुरक्षण कोष र मेगा बैंक नेपाल लिमिटेडका बीच आज बुधबार कृषि कर्जा सुरक्षण गर्ने सम्झौता भएको छ ।

सम्झौतापत्रमा कोषका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरे र मेगा बैंकका तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठले हस्ताक्षर गरेका छन्। कार्यक्रममा कोषका विभागीय प्रमुखहरु र मेगा बैंक नेपालका अधिकारीहरुको उपस्थिति थियो ।

सम्झौतापत्रमा हस्ताक्षर भएसँगै मेगा बैंकले कृषि व्यवसायका लागि प्रवाह गरेको ३ करोड रुपैयाँसम्मको कर्जा कोषले सुरक्षण गर्नेछ। ३ करोड रुपैयाँसम्मको त्यस्तो कर्जामध्ये १ करोड रुपैयाँभन्दा माथिको कर्जाको हकमा भने बैंकले त्यस्तो कर्जा प्रवाह गर्नुपूर्व कोषको पूर्वस्वीकृति लिनुपर्ने हुन्छ।

यस प्रकार सुरक्षण हुने कर्जाको सुरक्षण शुल्क वार्षिक ०.६ प्रतिशतमध्ये ५० प्रतिशत नेपाल सरकारले अनुदानबापत व्यहोर्ने र बाँकी ५० प्रतिशतमात्र बैंकले कोषमा बुझाउनेछ।

कोषमा सुरक्षित कृषि कर्जा ऋणीको मृत्यु वा प्राकृतिक प्रकोपबाट कृषि परियोजना नष्ट भएमा वा अन्य विभिन्न कारणबाट कर्जा असुली हुन नसकेमा बैंकले दाबी गर्न सक्ने र उक्त दाबीमा कोषले ८० प्रतिशतसम्म भुक्तानी गर्नेछ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *