आज सोमबार सुनको मूल्य उकालो लागेको छ । आज सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हो । सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर ९३ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन छापावाल सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ र तेजाबी सुन ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर १ हजार १८० रुपैयाँ कायम भएको छ। हिजो मूल्य स्थिर रहँदै चाँदी १ हजार १६० रुपैयाँमा किनबेच भएको थियो ।
Artha Sanjal






