ब्रोकर लाइसेन्सका लागि हालसम्म ३२ कम्पनीले दिए निवेदन

हालसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३२ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि ब्रोकर लाइसेन्सका लागि निवेदन दिएका छन् ।

शुक्रबारसम्म ३२ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्सका लागि नेप्सेसँग सिफारिस लिन निवेदन दिएका हुन्।

सेबोनले नयाँ ब्रोकर लाइसेन्सका लागि गत असोज २ गतेदेखि ३० दिनको समयदेखि आवेदन खुला गरेको छ। आवेदन दिने म्याद असोज मसान्तमा सकिनेछ।

यी निवेदनहरुमाथि अध्ययन गरेर आवश्यक ठानेमा मात्रै नेप्सेले नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई ब्रोकर लाइसेन्स दिनका लागि सिफारिस गर्नेछ। नयाँ ब्रोकर लाइसेन्सका लागि नेप्सेको सिफारिस अनिवार्य छ।

सेबोनको संशोधित विनियमावलीअनुसार तीन प्रकारका ब्रोकर लाइसेन्सको अनुमति दिने तयारी गरिएको छ । जसअनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी २० करोड रुपैयाँ कायम गरिएको छ। पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी ६० करोड रुपैयाँ र धितोपत्र व्यापारी कम्पनीको चुक्तापुँजी १ अर्ब ५० करोड रुपैयाँ कायम गरिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *