चितवनमा करेन्ट लागेर १ गैंडाको मृत्यु भएको छ ।
बिहीवार बिहान ४ बजे खैरहनी नगरपालिका–१२ इचर्नी खोलानजिक रहेको बंगुर फार्ममा लगाइएको बिजुलीको तारमा करेन्ट लागेर गैंडाको मृत्यु भएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी ५/६ वर्षको भाले गैंडा मरेको हो । सो ठाउँमा चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिकको टोली पठाइएको र थप अनुसन्धान भइरहेको आचार्यले जानकारी दिए ।
कुमरोज सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठले करेन्ट लागेर गैंडा मरेको जानकारी दिए । बंगुर फार्ममा नाङ्गो बिजुलीको तार लगाइएको र त्यसैबाट करेन्ट लागेको श्रेष्ठले बताए ।
यो आर्थिक वर्षमा यससँगै २ गैंडाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो तथ्यांक अनुसार ६९४ गैंडा छन् ।
Artha Sanjal






