सिद्धार्थ बैंकद्वारा नारायणी अस्पताललाई ५५ लाखको सहयोग

dसिद्धार्थ बैंक लिमिटेडले आज बुधबार वीरगन्जस्थित नारायणी अस्पतालको भवनलाई मर्मत तथा सम्भारका लागि रु. ५५ लाखसम्मको आर्थिक सहयोग प्रदान गर्न अस्पतालसँग सम्झौता गरेको छ। उक्त कार्यको समन्वय तथा सहजीकरण गैरनाफामूलक संस्था राउन्ड टेबल नेपालले  गर्नेछ।

सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, नारायणी अस्पतालका तर्फबाट अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. वीरेन्द्रबहादुर प्रधान र राउन्ड टेबल नेपालका तर्फबाट संस्थाका नेसनल प्रेसिडेन्ट राहुल अग्रवालले हस्ताक्षर गरेका छन्।

वीरगन्जस्थित दियालो लर्डस् प्लाजामा आयोजित सम्झौता कार्यक्रममा बैंकका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत, सञ्चालक, प्रदेश प्रमुख, शाखा प्रमुख, अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट, संस्थाका नेसनल प्रेसिडेन्ट, नगर प्रमुख तथा स्थानीय उद्योग तथा व्यवसायीहरुको उपस्थिति थियो।

बैंकबाट प्राप्त उक्त सहयोग रकम नारायणी अस्पतालका बिरामीहरुका लागि निमार्णधीन भवनको सिभिल, फिनिसिङ तथा थप संरचना बनाउने कार्यका लागि उपयोग गरिनेछ। सो सहयोगबाट बिरामीहरुलाई व्यवस्थित ढंगबाट अस्पतालको सेवासुविधा प्रदान गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ।

बैंकले विभिन्न सामाजिक कार्यमा सहभागिता जनाउँदै आएको छ। आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरुलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी निरन्तरता दिँदै जाने उद्देश्य बैंकको रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *