सन्दीपलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइँदै

बलात्कार आरोपित सन्दीप लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदै छ । भदौ २१ गते १७ वर्षीया नाबालिगले सन्दीपमाथि बलात्कारको आरोप लगाउँदै प्रहरीमा किटानी जाहेरी दर्ता गरेकी थिइन् ।

तर त्यसबेला उनी देशबाहिर थिए । असोज २० गते बिहीबार कतारको दोहाबाट काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएलगत्तै उनी सन्दीप पक्राउ परेका थिए ।

तर दशैंको विदा परेका कारण अदालत बन्द भएकाले आज मात्र अदालतमा उपस्थित गराउन लागिएको हो । सन्दीपविरुद्ध परेको उजुरीमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई निश्चित दिन तोकेर म्याद दिने छ ।

काठमाडौंको गौशालास्थित एक होटलको कोठामा भदौ ५ गते सन्दीपले आफूलाई बलात्कार गरेको गरेको भन्दै ती नाबालिगले गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् ।

उनीविरुद्ध उजुरी परेपछि नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई नेपालको राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गरेको थियो । साथै उनलाई पक्राउ गर्न नेपाल प्रहरीको आग्रहमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)ले डिफ्युजन नोटिस जारी गरेको थियो । इन्टरपोलको निशानामा परेलगत्तै उनी काठमाडौं फर्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *