आशा लघुवित्तको ७ लाख ८९ हजार कित्ता बढी सेयर बिक्रीमा राखिने

आशा लघुवित्त वित्तीय संस्थाले यही असोज २३ गतेदेखि ७ लाख ८९ हजार कित्ता बढी संस्थापक सेयर बिक्रीमा राख्ने भएको छ ।

संस्थाले ७ लाख ८९ हजार ९०० कित्ता संस्थापक सेयर बिक्रीमा राख्ने भएको हो। बिक्रीमा राखिने सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३९५ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।

यो सेयरमा संस्थाका संस्थापक सेयरधनीका साथै अन्य योग्य व्यक्ति, कम्पनी तथा विभिन्न संघसंस्थाहरुले बोलपत्र पेस गर्न सक्नेछन्। बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।

लगानीकर्ताले काठमाण्डौको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा बोलपत्र पेस गर्नुपर्नेछ। बोलपत्र पेस गर्ने अन्तिम मिति यही असोज ३१ गतेसम्म तोकिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *