एसएलएफको भुक्तानी अवधि बढ्यो

नेपाल राष्ट्र बैंकले स्थायी तरलता सुविधा (एसएलएफ) को भुक्तानी अवधि थप गरेको छ । केन्द्रीय बैंकले खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८ को परिच्छेद–१५ स्थायी तरलता सुविधासम्बन्धी व्यवस्थाको बुँदा नं. ४९ (६) लाई संशोधन गर्दै भुक्तानी अवधि थप गरेको हो ।

‘स्थायी तरलता सुविधाको अधिकतम भुक्तानी समयावधि हाल ७ कार्यदिन रहेको छ । तर कथंकदाचित ७ दिन वा सोभन्दा बढी अवधिको सार्वजनिक बिदा परेको अवस्थामा यस्तो अवधि बिदापश्चात कार्यालय खुल्ने दिनसम्मका लागि कायम गर्न बाधा पुगेको मानिने छैन’, राष्ट्र बैंकको सूूचनामा भनिएको छ ।

यसअघि बैंक तथ वित्तीय संस्थाहरुले ७ दिनका लागिमात्रै स्थायी तरलता सुविधा प्रयोग गर्दै आएका थिए। राष्ट्र बैंकले बैंकरहरुको मागमा दसैँ बिदामा तरलतामा समस्या हुन नदिन यस्तो व्यवस्था गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *