बिजी मलमा सुरु भयो ‘यामाहा फ्यान्टास्टिक दसैँतिहार योजना’, हरेक हप्ता उपहारै उपहार

काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा रहेको बिजी मलले दसैँतिहार लक्षित उपहार योजना सुरु गरेको छ। ‘यामाहा फ्यान्टास्टिक दसैँतिहार, हरेक हप्ता उपहारै उपहार’ योजनाबाट ग्राहकले विभिन्न आकर्ष उपहार पाउने मलले जनाएको छ।

चाडपर्वका बेला अधिकांशले सपिङ गर्ने भएकाले कुनै न कुनै उपहारसहित सामान उपलब्ध गराउनका लागि उपहार योजना सुरु गरिएको मलका निर्देशक राजु गिरीले बताए। उपहार योजनामा सहभागी हुन ग्राहकले बिजी मलमा रहेका कुनै पसल वा बसिल क्याफेमा कम्तीमा १ हजार रुपैयाँको सामान खरिद गर्नुपर्नेछ। सामान खरिद गरेपछि ग्राहकले पाउने उपहार कुपनका आधारमा साप्ताहिक तथा बम्पर उपहारको घोषणा प्रदान गरिने गिरीले जानकारी दिए।

बम्पर उपहारमा गोलाप्रथाबाट एकजनालाई यामाहाको १२५ सीसीको रेजर स्कुटर प्रदान गरिने मेला संयोजक हीरामणि तिमिल्सेनाले जानकारी दिए।

यस्तै, साप्ताहिक उपहारमा डीटीएच होम एप्लायन्सका वासिङ मेसिन, ग्यास एन्ड इलेक्ट्रिक हिटर, इलेक्ट्रिक ओभन, फ्रिज, राइसकुकरलगायतका सामान उपहारका रुपमा पाउन सक्नेछन्।

असोज ६ गतेदेखि सुरु भएको यमाहा फ्यान्टास्टिक दसैँतिहार योजना आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ। मलमा विभिन्न घरायसी, विद्युतीय सामग्री, मोबाइल शोरुम, लत्ताकपडा, शृंगार तथा सौन्दर्य सामग्री, रेस्टुरेन्ट, सिनेमा हल, बैंकको कार्यालय, एटीएम लाउन्जलगायत ५ दर्जन बढी पसल सञ्चालनमा छन्।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *