सिटिजन लाइफका उत्कृष्ट शाखा र कर्मचारीहरु सम्मानित

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बिजनेस स्ट्राटिजी कन्फेरेन्सकोे पाचौँ संस्करण २०७९ साल असोज ३, ४ र ५ गते सौरहाको होटेल चितवन प्याराडाइजमा सम्पन्न गरेको छ।

कम्पनीलाई हरेक ढंगबाट उत्कृष्ट बनाउन हरेक दिन इमान्दारी र मेहनतका साथ खटिएका सम्पूर्ण कर्मचारीलाई थप क्षमता अभिवृद्धि गर्ने, उत्प्रेरणा जगाउने र हौसला प्रदान गर्ने उद्देश्यले यस कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा ११४ जना कर्मचारीको सहभागिता थियो।

कार्यक्रममा गत आर्थिक बर्षको कारोबार समीक्षा गर्दै नयाँ आर्थिक बर्षको रणनितिबारे छलफल गरियो साथै आर्थीक वर्ष २०७८–७९ सालमा उत्कृष्ट कार्य सम्पादन गर्ने विभिन्न शाखा र कर्मचारीलाई विभिन्न ३१ विधाम सम्मान गरियो।

यससँगै आगामी दिनमा कम्पनीले उपलब्ध गराउने सेवाहरुलाई अझै ग्राहक केन्द्रित र प्रविधिमुखी बनाउँदै लैजाने उद्देश्यका साथ कम्पनीको व्यवस्थापान टिम र शाखाका कर्मचारीहरुबीच कम्पनीको प्रशासन सम्बन्धित रहेका विविध बिषयहरुमा छलफल गरियो र प्रशासन सम्बन्धित सबै कार्यहरु अझै छिटो र सजिलो तरिकाले कसरी सम्पन्न गर्न सकिन्छ भन्ने बिषयमा छलफल भयो।

कम्पनीले आगामी दिनमा पनि अरु थुप्रै आधुनिक तथा नवीनतम डिजिटल सेवाहरु प्रचलनमा ल्याउने योजना रहेको समेत जानकारीे दिएको छ। प्रचलित कानुन, निति, नियम एवं नियमनकारी निकायबाट जारी निर्देशनहरुको परिपालन गर्दै र सञ्चालक समितिको मार्गदर्शन अनुरुप संस्थागत सुशासन कायम गर्दै निर्धारित व्यवसायिक लक्ष्य हासिल गर्न व्यवस्थापन कटिवद्ध रहेको र सोका लागि कम्पनीको सेवालाई थप गुणस्तरीय बनाउने प्रतिवद्धता व्यक्त गर्दै समग्रमा कार्यक्रम निकै उत्साहजनक र फल्दायी रह्यो। कम्पनीको सम्पुर्ण व्यवस्थापन टिमको उपस्थितिमा ३ दिने कार्यक्रम भव्य रुपमा सम्पन्न भयो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *