अनामनगर क्षेत्रका अवैध संरचना पनि चल्यो काठमाडाैं महानगरको डोजर

काठमाडौं महानगरपालिकाले अनामनगर तथा धोबीखोला नदी किनार क्षेत्रका अवैध संरचनामा पनि डोजर चलाएको छ । बिहीबार वीर अस्पताल अगाडिका अवैध संरचना हटाएको महानगरले आज (शुक्रबार) अनामनगर क्षेत्रका अनधिकृत संरचनामा भत्काउन सुरु गरेको हो ।

डोजरले अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले बनाएको अवैध संरचना भत्काएको छ । नक्सा विपरीत बनेको पर्खालहरुमा महानगरपालिकाले डोजर चलाएको हो ।महानगरपालिकाले

केही हप्तादेखि नै अवैध संरचनाहरु हटाउन डोजर चलाउँदै आएको छ । सडक सीमा मिचेर बनाइएका अग्ला पर्खाल पनि महानगरले भत्काउन थालेको छ । त्यसका लागि मानगरपालिकाले ३५ दिन अगाडि नै सूचना दिने गरेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *