प्रभु बैंक र न्युरोप्लास्ट फिजियोथेरापी रिह्याबिलिटेसन सेन्टरबीच छुट सम्झौता

प्रभु बैंक लिमिटेड र धनगढीको हसनपुरस्थित न्युरोप्लास्ट फिजियोथेरापी रिह्याबिलिटेसन सेन्टर प्रालिबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।  सम्झौतापत्रमा बैंकका तर्फबाट धनगढी शाखा कार्यालय प्रमुख रविकान्त जोशी र न्युरोप्लास्ट फिजियोथेरापी रिह्याबिलिटेसन सेन्टरका तर्फबाट निर्देशक डा. सुरेन्द्र भट्टले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले न्युरोप्लास्ट फिजियोथेरापी रिह्याबिलिटेसन सेन्टरद्वारा सञ्चालित सेवामा १० प्रतिशतका छुट प्राप्त गर्नेछन्।

उतm सम्झौताअन्तर्गत न्युरोप्लास्ट फिजियोथेरापी रिह्याबिलिटेसन सेन्टरमा छुट सुविधा लिन चाहने ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानल प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ।

यो सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुने बैंकको विश्वास छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *