डेंगु संक्रमितको संख्या साढे १७ हजार नाघ्यो, २१ जनाले गुमाए ज्यान

नेपालमा डेंगु संक्रमितको संख्या साढे १७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको आज (मंगलबार)सम्मको तथ्यांकअनुसार अहिलेसम्म १७ हजार ५९० जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा छन् । बागमतीमा असोज ३ यता मात्रै १२ हजार ९४७ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी लुम्बिनीमा दुई हजार ६४३, सुदूरपश्चिममा ५६७, प्रदेश एकमा ५६०, गण्डकीमा ४०९, मधेश प्रदेशमा २६१ र कर्णालीमा २०७ जनामा संक्रमण भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।

देशको ७५ वटा जिल्लामा फैलिएको डेंगुका कारण हालसम्म २१ ज्नाको ज्यान गइसकेको छ । नेपालमा पहिलो पटक वि.स. २०६१ मा डेंगु देखिएको थियो । त्यसयता डेंगु वर्षेनी देखिन थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *