साताको कारोबारको दोस्रो दिन आज दोहोरो अंकले घटेको छ । आज नेप्से ३८.८१ अंकले घटेर १८३७.६० विन्दुमा बन्द भएको हो ।
आज नेप्सेमा एक अर्ब २२ करोड ९६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्था र एनएमबी फिफ्टीको शेयरमूल्य ३ प्रतिशत भन्दा बढीले बढेको हो ।
नेप्सेका अनुसार कालिका पावर कम्पनीको सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य १० प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिष्ट्रिलरीको भएको छ । यसको आज ५ करोड ६५ लाख भन्दा बढीको कारोबार भएको छ ।
Artha Sanjal






