कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले कालिमाटी तरकारी बजारका लागि नयाँ मूल्यसूची कायम गरेको छ । बोर्डका अनुसार कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ठूलो गोलभेँडा (भारतीय) ६० देखि ६५ रूपैयाँसम्ममा कारोबार भइरहेको छ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डले निर्धारण गरेको थोक मूल्यसूची अनुसार रातो आलुको मूल्य ६५ रुपैयाँदेखि ६७ रुपैयाँसम्म कायम गरिएको छ । रातो आलु (भारतीय)को मूल्य ३६ देखि ३८ रुपैयाँ छ ।
यस्तै सुकेको प्याज (भारतीय) ३६ देखि ३८ रुपैयाँ प्रति किलोका दरले कारोबार भइरहेको छ । कागती प्रति किलो २२० रुपैयाँदेखि २५० रुपैयाँसम्म कारोबार भइरहेको छ ।








