दराज दसैँ धमाका घोषणा : ७० प्रतिशत सम्म मेगा डिल र बम्पर उपहारमा NIU NQI स्कुटर

आफ्नो पहिलो मेगा इभेन्ट “दराज महोत्सव” आयोजना गरेको केही दिनमै र आगामी दसैँ पर्वका लागि मञ्च तय गर्दै, नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो वार्षिक दसैँ धमाका अभियानको घोषणा गरेको छ।

यो अभियान भदौ २९ बाट (१४ सेप्टेम्बर २०२२) बाट सुरु हुने भएको छ भने गत वर्षको तुलनामा अजै ठूलो र भव्य हुने कम्पनीले जनाएको छ। यस अभियानका मुख्य विशेषताहरूमा ७०% सम्मको मेगा डिल, नि:शुल्क शिपिंग, रु.२५०० सम्मको प्रीपेमेन्ट छुट, रु. १०,००० सम्मको मेगा भाउचर, खेल एक रुपैयाँको र बम्पर उपहारको रूपमा NIU NQI इलेक्ट्रिक स्कुटर जित्ने मौका रहेको छ।

कार्ड प्रिपेमेन्ट छुटको सन्दर्भमा, ग्राहकहरूले डेबिट कार्ड मार्फत १५% (अधिकतम रु. २०००) र क्रेडिट कार्ड मार्फत २०% (अधिकतम रु. २५००) सम्मको छुट पाउन सक्नेछन्। विशेष गरी नबिल बैंक, एनआईसी एशिया बैंक, सानिमा बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक, नेपाल एसबिआई बैंक, नेपाल बैंक, एनसीसी बैंक, सांग्रिला विकास बैंक र ज्योति विकास बैंकका ग्राहकहरूले माथि उल्लिखित छुटहरू प्राप्त गर्न सक्नेछन्। साथै, एनआईसी एशिया बैंक, सानिमा बैंक, सनराइज बैंक, सिटिजन्स बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंकका ग्राहकहरूले क्रेडिट कार्डमार्फत ०% ब्याजको सहज मासिक किस्ता योजना (ईएमआई) पनि प्राप्त गर्न सक्नेछन्। यससँगै अभियानको पहिलो दिनमा आइएमई पे वा इसेवा वालेट मार्फत भुक्तानी गर्ने ग्राहकले सीमित घण्टाको लागि १५% (अधिकतम रु. १०००) सम्मको अतिरिक्त छुट पनि पाउनेछन्।

विगतमा जस्तै, दसैँ धमाकाले धेरै लोकप्रिय खेल १ रुपैयाँको गेम पनि फिचर गर्दै छ जसमार्फत ग्राहकहरूले निम्न मध्ये कुनै पनि पुरस्कारहरू मात्र १ रुपैयाँमा जित्नका लागि सहभागी हुन सक्छन्: अमेज़ फिट जीटीएस मिनी, साउण्डकोर लाइफ नोट, एक जोडीको लागि एती एयरलाइन्सको वान वे टिकट र मोटो जी २२। सहभागी हुनको लागि, ग्राहकहरूले अनलाइन प्रीपेमेन्ट मार्फत रु.१ अग्रिम भुक्तानी (प्रिपे) गर्नु पर्दछ। एक पटक अफर समाप्त भएपछि सबै सहभागीहरूलाई रु.१ फिर्ता गरिनेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *