आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घट्यो, चाँदीको बढ्यो

आज पनि सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो । योसँगै प्रतितोला  ९३ हजार ५०० रुपैयाँ र तेजाबी सुन ९३ हजार रुपैयाँ कायम भएको छ ।

हिजो सोमबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला  सुन ९३ हजार ६०० रुपैयाँ र तेजाबी सुन ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर १ हजार १८५ रुपैयाँ कायम भएको छ। हिजो मूल्य स्थिर रहँदै चाँदी १ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *