दुई ऋणपत्रसहित तीन कम्पनीको शेयर नेप्सेमा सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) मा यो साता तीन कम्पनीको शेयर सूचिकृत भएको छ । लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर, प्राइम कमर्सियल बैंक र एनएमबि बैंकको ऋणपत्र नेप्सेमा सूचिकृत भएको हो ।

१. लुम्बिनी जनरल इन्स्योरेन्स
नेप्सेमा लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । सोमबार कम्पनीको ११ लाख ३८ हजार ९४५.५ कित्ता बोनस शेयर नेप्सेमा सूचीृकत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई ९.५ प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर, नेप्सेमा सूचीकृत भएको हो ।

२. प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा प्राइम कमर्सियल बैंकको ‘१०।१५ प्रतिशत प्राइम डिबेन्चर–२०८४’ सूचीकृत भएको हो । यो ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ सूचीकृत भएको छ ।

प्राइम बैंकको यो ऋणपत्र ५ वर्षे अवधिको हो । यसमा लगानीकर्ताले वार्षिक १०.१५ प्रतिशत ब्याज पाउँछन् ।

३. एनएमबि बैंक
एनएमबि बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बैैंकको ‘एनएमबि ऊर्जा ऋणपत्र’ नेप्सेमा सूचीकृत भएको हो ।

उक्त ऋणपत्रको १ हजार रुपैयाँ अंकित दरका कुल २७ लाख २७ हजार ४३७ इकाइ नेप्से सूचीकृत भएको छ । उक्त ऋणपत्र सिद्धार्थ क्यापिटलमार्फत सर्वसाधारणलाई बिक्री गरिएको थियो । एनएमबि बैंकको यो ऋणपत्रमा लगानीकर्ताले वार्षिक ४ प्रतिशत ब्याज पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *