पाँच हजार मिटर दौड प्रतियोगितामा जुम्लाका प्रकाश कठायत प्रथम

कर्णाली प्रदेशको मुकाम खलंगामा सञ्चालन भइरहेको नवौं राष्ट्रिय खेलकुद छनाेट प्रतियोगिताको पाँच हजार मिटर दौड प्रतियोगितामा जुम्लाका महिला र पुरुष दुवै विधामा प्रथम भएका छन् ।

कर्णाली स्पोर्टस् क्लब जुम्लामा आवद्ध खेलाडी प्रकाश कठायत पुरुषतर्फ पाँच हजार मिटर दौड प्रतियोगितामा प्रथम भएका छन् । द्वितीयमा जुम्लाकै शेरबहादुर अधिकारी र सुर्खेतका अजय विकले तृतीय स्थान हासिल गरेका छन् ।

जुम्लाकै अन्तिमा बुढा महिलातर्फ पाँच हजार मिटर दौड प्रतियोगितामा प्रथम भएकी छन् । द्वितीय हुनेमा सुर्खेतकी विमला कार्की र कालिकाेटकी निस्पा मल्ल तृतीय भएकी छन् ।

एक सय मिटर दौड प्रतियोगितामा महिलातर्फ प्रथम सुर्खेतकी बिनु शाही, जुम्लाकी समिता बुढा द्वितीय र कालिकोटकी रामिरा शाही तृतीय भएकी छन् ।

चार सय मिटर दौड प्रतियोगितामा पुरुषतर्फ जुम्लाका अर्जुन बुढा प्रथम, सुर्खेतका भरत राना द्विथीय तिय, सुर्खेतका गोविन्द श्रेष्ठले तृतीय स्थान हासिल गरेको जिल्ला खेलकुद विकास समिति जुम्लाका एथेलेटिक्स प्रशिक्षक हरिबहादुर रोकायाले बताए ।

चार सय मिटर दौड प्रतियोगितामा महिलातर्फ सुर्खेतकी रमिता खड्का प्रथम, जुमलाकी निशा पाण्डे द्वितीय र सुर्खेतकी नन्दा कुमालले तृतीय स्थाल हासिल गरेको कर्णाली स्पोर्टस् क्लब जुम्लाका सचिव धनराज सुनारले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *