सेयर बजारमा आज पनि गिरावट आएको छ । आज सेयर बजार कारोबार मापक नेप्से परिसूचक २१.२२ अंकले घटेर १९५१.७९ बिन्दुमा रोकिएको छ ।
सोमबार सेयर बजार ४.२९ अंकले घटेर १९७३.०१ बिन्दुमा कारोबार रोकिएको थियो ।
यता ठुला तथा बलिया कम्पनीको कारोबर मापक सेन्सेटिभ परिसूचक पनि ३.८३ अंकले घटेर ३७९.०५ बिन्दुमा रोकिएको छ ।
कारोबार अवधिभर २२७ कम्पनीको ३२ लाख ९ हजार ९८३ कित्ता सेयर खरिदबिक्री हुँदा १ अर्ब १९ करोड ७ लाख रुपैयाँमा सीमित बनेको छ।
कुल १३ उपसमूहमध्ये १ समूहको सेयर मूल्य बढेको छ भने बाँकी १२ वटा समूहको सेयर मूल्य घटेको छ । आज १४ कम्पनीको सेयर मूल्य बढेको छ भने १७१ कम्पनीको सेयर मूल्य घटेको छ ।






