महिला साफ च्याम्पियनसिप: नेपाल र भुटान भिड्दै

छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आज (मंगलबार)बाट काठमाडौंमा सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने प्रतियोगिताको उद्घाटन युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले गर्ने तालिका रहेको छ ।

प्रतियोगितामा आयोजक नेपाल, भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्सको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटनमा नेपालले आज भुटानको सामना गर्नेछ ।

साविक उपविजेता नेपाल आज भुटानलाई हराउँदै सुखद सुरुआत गर्ने योजनामा छ । भुटान पनि नेपाललाई स्तब्ध बनाएर सानदार सुरुआत गर्न चाहन्छ । दशरथ रंगशालामा हुने नेपाल र भुटानबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

खेल हेर्न एन्फाले महिला साफको फरक टिकट मूल्य तोकेको छ । एन्फाले सामान्य प्यारापिटमा ३ सय र भीआईपीतर्फ ५ सयको टिकट मूल्य राखेको छ । दर्शकले पे वेलबाट टिकट किन्न सक्ने एन्फाले जनाएको छ । नेपाल र भुटानबीचको खेलको प्रत्यक्ष प्रशारण एपी वान लिभिजनबाट हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *