माडी गाउँपालिका-३ तालावाङमा एक दम्पती धारिलो हतियारले काटेर हत्या गरिएको अवस्थामा फेला परेका छन् ।
रोल्पा परिवर्तन गाउँपालिका-२, राङ्सी घर भएका करिब २७ वर्षीय दुर्गाबहादुर पुन र उनकी श्रीमती करिब ३७ वर्षीया पार्वती मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
रोल्पा प्रहरीका अनुसार उनीहरूले काठमाडौंमा इँटाभट्टामा काम गर्दा बिहे गरेका थिए । पछि रोल्पा आई तालावाङस्थित जयलाल डाँगीको घरमा उनीहरू मजदुरी गर्दै आएको पाइएको प्रहरीले जनाएको छ ।
उनीहरूको हत्या अनुसन्धानका लागि कोहलपुरबाट तालिमप्राप्त कुकुर बोलाइएको प्रहरीले जनाएको छ । घटनाको खबर पाएसँगै घर्तीगाउँ इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक देवराज भट्टराईको टोली र रोल्पा प्रहरी प्रमुख विनोद घिमिरेको टोली घटनास्थल पुगेको छ ।
घटना मंगलबार राति भएको हुन सक्ने जनाउँदै प्रहरीले अनुसन्धान थालिएको जनाएको छ । उनीहरूको बीभत्स हत्या गरिएको प्रहरीको भनाइ छ ।







