आज (मंगलबार) सुनको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको छ। मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार भने सुनको मूल्य तोलामा ६०० रुपैयाँले घटेको थियो ।
मंगलबार चाँदीको मूल्यमा भने कुनै फेरवदल आएको छैन । चाँदीको मूल्य मंगलबार पनि प्रतितोला १ हजार १४५ रुपैयाँ कायम रहेको महासंघले जानकारी दिएको छ। सोमबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको थियो ।
Artha Sanjal






